एनसिसि वक्तृत्वकलामा जेम्सकी कृतज्ञता प्रथम भईन्

दमक,८ फागुन । सैनिक दिवसको उपलक्ष्यमा नेपाली सेनाले काठमाडौमा आयोजना गरेको एनसिसि वक्तृत्वकला प्रतियोगितामा दमकको झापा मोडल अंग्रेजी सेकेण्डरी स्कूल (जेम्स )की छात्रा कृतज्ञता थापा प्रथम भएकी छन् ।
मुलुकभरका चारवटा एनसिसि तालिम शिक्षालयबाट छनौट भएका १२ जना एनसिसि प्रतियोगिहरुवीच गत फागुन ६ गते स्रनिक मुख्यालयमा आयोजित वक्तृत्वकलामा जेम्स कक्षा १० मा अध्ययनरत छात्रा थापा प्रथम हुन सफल भएकी छिन् । प्रथम भएसंगै उनले पुरस्कार प्राप्त गरेकी छन् ।
नियमित पठनपाठनको अतिरिक्त कृयाकलापमा विलक्षण प्रतिभा भएकी कृतज्ञता “विद्यालयको चम्किलो तारा “ को रूपमा नाम कमाई सकेकी छात्रा भएकी स्कूलले जनाएको छ ।
उनको सफलताले यस स्कूलको नाम थप उच्चो राख्न सफल भएको स्कूलका प्रिन्सीपल सागर श्रेष्ठले बताए ।हुने विरूवाको चिल्लों पात भनेझैं कृतज्ञताले यति सानो उमेरमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा पाएकी यो सफलताले उनका सपरिवार, विद्यालय परिवार , गुरूबर्ग र अभिभावकहरुले गौरव गर्नुपर्ने स्कूलका संस्थापक निर्देशक जयवहादुर श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published.