
पथरीशनिश्चरे, ०७ फागुन ।नेकपा( एकीकृत समाजवादी ) ले पथरीशनिश्चरे ८ मा वडा कमिटी गठन गरेको छ। भेलाले पूर्व जनप्रतिनिधि समेत रहेका सुक बहादुर खजुमको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा मुना परियार , सचिवमा नारायण पाण्डे , तथा उप सचिवमा बल बहादुर विक रहेका छन् । यसैगरी सोहि कमिटीका सदस्यहरुमा क्रमशः नर बहादुर खजुम , राम बहादुर मगर , तुलसी प्रसाद खतिवडा , सुवास लिम्बु , मञ्जु कट्वाल , गंगा माया विक,अमर बहादुर तामाङ , अम्विका आचार्य ,याम बहादुर खड्का , चन्द्र जोगी , पहलमान पराजुली लगायत रहेका छन् ।
वडा भेलामा संविधान सभाका सभासद तथा दलका मोरङ्ग जिल्ला कमिटीका उपाध्यक्ष चण्डी प्रसाद राईले नेकपा( एकीकृत समाजवादी )ले सर्वहारा वर्गका जनताका लागि काम गर्ने र न्याय दिनसक्ने भन्दै आगामी चुनावमा कलम चिन्हमा अत्याधिक मत दिएर जिताउन समेत आग्रह गरे । सोहि क्रममा प्रदेश कमिटी सदस्य टंक भण्डारीले नेकपा एमाले भारतमुखी , दक्षिणपन्थी भएको आरोप लगाउँदै आदिवासी जनजाति, निम्न वर्गीय किसान तथा भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरूलाई वर्तमान गठबन्धनको सरकारमा सहभागी नेकपा( एकीकृत समाजवादीको पहलमा मात्र लालपुर्जा वितरण गर्न सक्ने जिकिर गरेका थिए ।
भेलामा प्रदेश कमिटी सदस्यहरू क्रमशः मान बहादुर लिम्बू, टंक भण्डारी, जिल्ला कमिटीका सदस्य अरूण तामाङ , पदम पाण्डे , नगर कमिटीका अध्यक्ष तुलसीराम ढकाल लगायतको उपस्थिति रहेको थियो। सोहि अवसरमा संघीय लिम्बुवान पार्टी नेपाल नेपालको मोरङ्ग जिल्ला उपाध्यक्ष राज पयाङ लिम्बुले पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन्।
नवप्रवेशी तथा वडा कमिटीका पदाधिकारीहरुलाई संविधान सभाका सभासद चण्डी प्रसाद राई,मान बहादुर लिम्बू, टंक भण्डारी लगायतले अविर लगाई पार्टीमा स्वागत गरेका थिए ।
५१ सदस्यीय युवा संघको नगर कमिटी गठन
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको पथरीशनिश्चर नगर कमिटी सुदेश राईको अध्यक्षतामा गठन भएको छ । शनिवार सम्पन्न नगर प्रथम भेलाले ५१ सदस्यीय कमिटी गठन गरेको हो ।
नवगठित कमिटिको उपाध्यक्षद्वयमा चिरन सेन्चुरी ,मनिष ढकाल , सचिवमा प्रकाश शिवा, उपसचिवद्वयमा किरण राई ,आकाश उप्रेती र कोषाध्यक्षमा स्वस्तिका राई चुनिएका छन् ।
यसैगरी , सोहि कमिटीका अन्य सदस्यहरूमा क्रमशः किरण राई, जंगबहादुर गुरुड, , विवेक शिवा, नवीन विक, बिना विक, नवराज राई, फिलिप लिम्बु , सुमन शिवा, सागर राई, श्याम घिमिरे, अतीत परियार प्रज्वल राई, आकाश उप्रेति, सूरज राई , विकास लिम्बु, शंकर याख्खा, अजय राई , अभिषेक तामाङ, सुजिन्द्र राई, सन्जीव मगर, जासन लामा, अतीत राई , कालुमान तेन्वे, सुमन राई उज्वल लिम्बु , विशाल लिम्बु, राजन लिम्बु , क्षितिज पयाङ्गु , सतीश लिम्बु , मान प्रसाद लिम्बु , प्रकाश शिवा , किरण राई ,पिताम्बर दहाल, प्रवीन राई, नवराज राई, अर्जुन शर्मा र नगेन्द्र घिमिरे , एटम भट्टराई , सुमन शिवा लगायत रहेका छन्।
विकास राईको अध्यक्षतामा भएको कार्यक्रममा यूवा संघ नेपालकी केन्द्रीय सचिवालय सदस्य तथा मोरङ्ग ईन्चार्ज शान्ति गुरुङ पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त भेलामा नेकपा एकीकृत समाजवादीका प्रदेश नं १ का सदस्य टंक भण्डारीले नवगठित नगर कमिटीका पदाधिकारीहरु बधाई तथा शुभकामना दिएका थिए । उनले पार्टीलाई जनस्तरसम्म लैजान र उदाहरणीय काम गर्दै अघि बढ्न शुभकामना व्यक्त गरेका थिए ।
सोहि अवसरमा संविधान सभाका सभासद तथा मोरङ्ग जिल्ला कमिटीका उपाध्यक्ष चण्डी प्रसाद राई, जिल्ला कमिटी सदस्य ( सुनिता तिम्सिना , यूवा संघका केन्द्रीय सदस्यहरु क्रमशः विकास राई, जोन सुब्बा , मधुकर राई , मिलन राई , पार्टीका नगर कमिटीका अध्यक्ष तुलसी ढकाल लगायतको उपस्थिति रहेको थियो।
आजै नवगठित कमिटीका पदाधिकारीहरुलाई युवा संघ नेपालकी सचिवालय सदस्य समेत रहेकी मोरङ जिल्ला इन्चार्ज पाख्रिनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।