
पथरीशनिश्चरे, ०७ फागुन । पथरी जेसीजले पथरीशनिश्चरे नगरस्थित प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।आज शनिबार साँझ पथरी जेसीजकी अध्यक्ष अनिता राई (अनु )को अगुवाइमा दिप प्रज्वलन गरिएको हो।
पथरीशनिश्चरे नगर क्षेत्रमा रहेको पूर्वपश्चिम राजमार्गको छेउको जांते रोडमा बर्ष २०२२ की अध्यक्ष अनिता रार्र्इ (अनु ) सहित बोर्डका पदाधिकारी, पूर्वाध्यक्षहरू मान बहादुर दियाली, प्रदीप फुयाल तथा संस्थाका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको जेसीज महासचिव राजकुमार विश्वकर्माले बताए ।