पूर्वमुख्यमन्त्री राई र थापाले फिर्ता गरे सरकारी गाडी

विराटनगर,६ फागुन । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीहरु राजेन्द्रकुमार राई र उद्धव थापाले गाडी फिर्ता गरेका छन् । गैरकानुनी रुपमा सरकारी गाडी प्रयोग गर्दै आएका पूर्वमुख्यमन्त्री द्धयले गाडी फिर्ता गरेका हुन् ।
फिर्ता गर्ने पूर्वमुख्यमन्त्री राई नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता हुन् भने थापा सत्तापक्षको प्रमुख घटक दल कांग्रेस संसदीय दलका नेता हुन् ।
दुवैलाई प्रदेश सरकारले गाडीसहित सुविधा उपलव्ध गराउदै आएको थियो थापालाई गैरकानुनी रुपमा दिइएको गाडी सुविधाविरुद्ध उच्च अदालत विराटनगरमा दायर गरिएको रिटले सुविधा दिने निर्णय कानुनसम्मत नदेखिएको भन्दै सुविधा फिर्ता गर्न अन्तरिम आदेश दिएको थियो ।थापाले प्रदेशसभा सचिवालयको को १ झ ६५३ नम्बरको गाडी र राईले प्रदेश १–०४–००१ झ ००५३ नम्बरको स्कोरपिओ फिर्ता गरेका हुन् । कोशी प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा दिने कानुन छैन ।

 

Leave a Reply

Your email address will not be published.