दिब्यदृष्टि ब्राण्डको बाटेको धुपको लोकप्रियता बढ्दो

दमक,६ फागुन । झापाको कमल गाउँपालिका -६ मा रहेको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न पुजा उद्योगद्धारा उत्पादन गरिएको बाटेको धुप लोकप्रिय बन्दै गएको छ ।जडीवुटीजन्य बाटेको धुप पूजा लगायतका कर्मकाण्डमा प्रयोग बढ्दै गएपछि उद्योगबाट उत्पादित पूजा सामाग्रीहरुको माग बढ्न थालेको हो ।उद्योगबाट उत्पादित सामाग्रीहरु जिल्लाका वजारसहित पूर्वी वजारका पूजा पसलहरुमा निर्यात हुदैआएको छ ।
धुपी, कपुर, निम सहित बिभिन्न प्रकारका जडिबुटी मिश्रीत बाटेको धुप बिहानको पुजापाठदेखि लिएर कोठाहरुलाई सुगन्धित बनाउनका लागि प्रयोग बढेको हो । दिब्यदृष्टिकी सञ्चालिका बबिता तिम्सिनाका अनुसार ५ दर्जन बढि महिलाहरुले नियमित रुपमा धुप बनाउने गरेकाछन् । पछिल्लो समयमा बाटेको धुपको प्रयोग बढ्दो छ, तिम्सिनाले भनिन् ।
तिम्सिनाका अनुसार दिब्यदृष्टि ब्राण्डको बाटेको धुपको माग र प्रयोग बढेपछि उस्तै प्याकेजिङ बनाएर नक्कली उत्पादन समेत निस्केको भन्ने बजारबाट गुनासो आउन थालेकाले दिब्यदृष्टि ब्राण्डको बाटेको धुप हो होइन हेरेर किन्न आग्रह गरेकीछन् । बजारमा उस्तै प्याकेटमा नक्कली धुप निकाल्न थालिएको भन्ने सुनिएकाले सचेत भएर प्रयोग गर्न उनले आग्रह गरिन् ।
दिब्यदृष्टि ब्राण्डमा स्वदेशी जडिबुटी प्रयोग गरेर हवन सामाग्री, स्वदेशमा धार्मिक मूल्य ,मान्यता अनुसारको नवग्रह समिधा, सप्तधान्य, दिब्य समिधा, गोम्रत्र, गंगाजल लगायतका सामाग्रीहरु पनि उत्पादन हुँदै आएको छ । दिब्यदृष्टि ब्राण्ड हेरेर किन्न र पूजा पसलमा गएर दिब्यदृष्टि ब्राण्ड हेरेर लिन उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published.