पथरीशनिश्चरे, ५ फागुन ।मोरङको पथरीशनिश्चरेमा आयोजित पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल)–४ क्रिकेट प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ ।शुक्रबार आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरी शनिश्चरेमा स्थापित मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको हिसाव सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा आयतर्फ ७ लाख ७ हजार ५ सय रुपैयाँ र व्ययतर्फ ७ लाख ७ हजार २ सय रुपैयाँको हिसाव सार्वजानिक गरिएको थियो ।क्रिकेट प्रतियोगिता कात्तिक १० देखि कात्तिक २५ गतेसम्म सञ्चालन भएको थियो।
आय–व्यय सार्वजानिक कार्यक्रममा आयोजकका अध्यक्ष विरोज मगर, सचिव राकेश राई र कोषाध्यक्ष पुकार राई लगायतको उपस्थिति थियो ।