दमक ,२ फागुन । नेपाली कांग्रेसको भाृत संगठन नेपाल किसान महासंघ झापा क्षेत्र न. ४ प्रदेश सभा (१) को गठन गरिएको छ । शिवसताक्षी -५ जनतामा विहिबार सम्पन्न महासंघको प्रथम अधिबेशनले प्रदेश सभा कार्यसमिति चयन गर्नुका साथैं प्रदेश प्रतिनिधिहरु सर्वसम्मत चयन गरिएको छ ।
महासंघ प्रदेश सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल,उपाध्यक्षद्धयमा दधिराम अधिकारी ,पूर्णबहादुर थापा, सचिबद्धयमा अर्जुन पोख्रेल,भरतलाल ताजपुरिया,सहसचिवमा बालकृष्ण बान्तवा र कोषाध्यक्षमा शारदा दाहाल चयन भएका छन् ।
यसैगरि, सदस्यहरुमा दिपकुमार श्रेष्ठ , धनबहादुर पराजुली, मन्दिरा राया,माधवती राजबंशी, खड्ग ताजपुरिया चयन भए भने कोशी प्रदेश प्रतिनिधितर्फ बासु गुरागाई, राधा खत्री र हरिलाल राजबंशी चयन भएका कांग्रेस प्रदेश सभापति बिनोद ढकालले बताए । कांग्रेस झापा जिल्ला सभापति देउमान थेवेको प्रमुख आतिथ्यतामा भएको किसान महासंघ अधिबेशन उद्घाटनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।