झिलझिले,१ फागुन । आफना दिवंगत भाई स्व. अम्मर शेर्माको स्मृतिमा झापाको शिवसताक्षी नगरपालिका ७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयमा स्थानीय एक जना दाताले ‘अम्मर शेर्मा स्मृति अक्षयकोष’ स्थापना गरेका छन् ।
विद्यालयका पूर्व बिद्यार्थी समेत रहेका हाल हङकङमा बस्दैआएका सामाजिक अगुवा बुद्धराज शेर्मा(चपेता) र उनकी श्रीमती आशाहाङ्गमा लावती शेर्माले आफना दिवंगत कान्छा भाई अम्मर शेर्माको स्मृतिमा ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । दाता शेर्माले आफना क्षेत्रका शिक्षा,खेलकुद लगायतका सामाजिक कार्यमा सहयोग पुरयाँउदैआएका छन् ।
अक्षयकोषको रकम दाता परिवारका तर्फवाट शेर्माकी श्रीमती आशाले उक्त रकम उपलव्ध गराएकी हुन् । उक्त अक्षयकोषको ब्याजबाट विद्यालयले बिपन्न परिवारका बिद्यार्थीहरुलाई छात्रवृति उपलव्ध गराउने विद्यालयका अध्यक्ष गोविन ल्वागुनले बताए । अम्मरको विस २०७१ साल कार्तिक ९ गते ३९ वर्षको अल्पायूमै निधन भएको थियो ।स्वर्गीय अम्मरसहित दाता दम्पत्ती सोहि विद्यालयका पूर्व बिद्यार्थी रहेको बिद्यालयले जनएको छ ।
अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा डुडामारी समाजसेवी क्लबका अध्यक्ष सन्तकुमार आङ्देम्बे,भगवती अधारभुत बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बहादुरसिंह शेर्मा,बाल सेवा आधारभुत बिद्यालयका प्रअ तथा पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसैगरि, विद्यालयले बस खरिदका लागि सञ्चालन गरेको अभियानमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । अभियानमा हालसम्म १० लाख बढी सहयोग संकलन भईसकेको अध्यक्ष ल्वागुनले जनाएका छन् ।