दमक,२८ माघ । दमक -६ घर भई हाल रोजगारीका क्रममा हङकङ्गमा बस्दैआएकी सहयोगी मनकी धनी अन्जला एवई राईले दमकका दुई वटा आश्रमलाई खाद्यान्न सामाग्री उपलव्ध गराएकी छन् ।
दाता राईमार्फत प्राप्त २० हजारको रकमबाट समान खरिद गरि दमक -४ मा रहेको रत्न जेष्ठ नागरिक बृद्धाश्रम र दमक -२ स्थित हाम्रो बालआश्रमका वृद्धा तथा बालबालिकाहरुलाई एक छाक खाना साथै विभिन्न दैनिक उपभोग्य सामाग्रीहरु प्रदान गरिएको अभियानमा संलग्न काजी राउतले बताएका छन् । दुवै आश्रममा छुटाछुट्टै कार्यक्रम गरि ती सहयोगी सामाग्रीहरु उपलव्ध गराईएको हो ।
राउतका अनुसार वितरण गरिएका सामाग्रीहरुमा दाल,नुन,तेल, साबुन,टुथब्रस लगायतका दैनिक उपभोग्य सामाग्रीहरु छन् ।
उक्त कार्यक्रमको समन्वय कमल ५ मंगलवारेस्थित सगुन युवा क्लवका अध्यक्ष देबेन्द्र आङदेम्बेले समन्वय गरेका थिए । सहयोग सामाग्री हस्तान्तरणमा अध्यक्षसहित क्लवका उपाध्यक्ष दिपेन्द्र राई, ,दिवाकर राई,दिलु गुरुङ,रुपनारायण निरौला,अनिल राईको उपस्थिति रहेको थियो ।
यसअघि समेत मनकारी दाता राईले कोभिड महामारीका समयमा आफू जन्मिएका गाउँघरका विपन्नलाई सहयोग गरेकी थिइन् । आफूले आर्जन गरेको पारिश्रमिकबाट उनले यसरीनै आफनो ठाउँका मानवीय कार्यमा सहयोग पुरयाँउर्दैआएकी छन् ।