मोरङ ,२७ माघ । मोरङको रंगेली नगरपालिकामा माछा पोखरीमा महिला शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले रंगेली नगरपालिकामा रहेको माछा पोखरीमा शुक्रबार महिलाको शव भेटिएको जानकारी दिए । पोखरेलका अनुसार माछा मार्ने क्रममा महिलाको शव फेला परेको हो। माछा मार्ने क्रममा करिब ५० वर्षीया महिलाको शव जाली तान्ने क्रममा अड्किएर बाहिर निकालिएको उनले बताए ।
प्रहरीका अनुसार माछा मार्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएसँगै प्रहरी टोलीले घटनास्थलमा पुगेर शव पोखरीबाट निकालेको थियो।
शवको पहिचान खुल्न नसकेको र थप अनुसन्धान भइरहेको पोखरेलले बताए ।