स्कूल बस खरिदका लागि शिक्षकहरुले दिए एक महिनाको तलव

झिलझिले ,२७ माघ । झापाको शिवसताक्षी नगरपालिका ७ फाक्तेपमा रहेको बालसेवा आधारभुत बिद्यालयका शिक्षकहरुले स्कुल बस खरिदका लागि १ महिनाको तलब दिने भएका छन् ।बिद्यालयमा कर्यरत १६ जना शिक्षक तथा कर्मचारीहरुले आफुले खाइपाई आएको १÷१ महिनाको सेवा सुबिधा बापतको रकम बिद्यालयले सञ्चालन गरिरहेको स्कुल बस खरिद अभियानलाई उपलव्ध गराउने निर्णयसहित प्रतिबद्धता आएको प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताए ।
प्रतिवद्धता जनाएका शिक्षक तथा कर्मचारीहरुको मासिक तलब भत्ता एक मुष्ट गरि कुल रु ४ लाख ४० हजार ४सय १६ रुपैया हुने विद्यालयले जनाएको छ ।विद्यालयका शिक्षक तथा कर्मचारीबाट प्राप्त हुने यतिका रकमले स्कुल बस खरिदका लागि ठुलो टेवा पु¥याउँने आर्थिक सहयोग संकलन समितिका संयोजक फणेन्द्रराज चेम्जोङ्गले बताए ।विद्यालयमा स्थायी शिक्षक ७ जना, ३ जना राहतका, २ जना बालविकासका, निजी स्रोतबाट एक र एक जना परिचालक रहेको जनाईएको छ ।
यस अभियानमा हालसम्म पूर्व विद्यार्थी, अभिभावकहरुबाट गरि रु १० लाख बढी आर्थिक संकलन भईसकेको र धेरैले सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्राप्त भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिए । स्कुल बस खरिदका लागि विद्यालयले करिब रु ३० लाख रुपैया संकलन गर्ने लक्ष्य राखेको छ ।

बालनिकुञ्ज स्कूलले बस खरिदका लागि सहयोग जुटाउदै
यसैगरि शिवसताक्षी १० माईधारस्थित बालनिकुञ्ज माध्यमिक विद्यालयले पनि स्कुल वस खरिदका लागि सहयोग संकलन अभियानलाई तीव्रता दिदैआएका छन् । विद्यालयमा हाल सञ्चालित एउटा बसले विद्यार्थी ओसार्न समस्या आएको भन्दै थप बस खरिदका लागि सहयोग जुटाउने अभियानलाई तीव्रता दिदैआएको विद्यालयका प्रधानाध्यापक भुवानी थापाले बताए । अभियानमा पूर्व विद्यार्थी, अभिभावकहरुबाट सहयोग जुट्ने क्रममा रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.