मंगलमय टोलको अध्यक्षमा पुनः प्रधान

दमक ,२६ माघ । झापाको कमल गाउँपालिका -५ मा रहेको मंगलमय टोल विकास संस्थाको अध्यक्षमा पुनः गणेश प्रधान चुनिएका छन् ।मंगलवारे वजारस्थित सगुन युवा क्लवको सभाहलमा सम्पन्न तेश्रो बार्षिक साधारणसभाले पुनः युवा व्यवसायी प्रधानको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सर्जिकल व्यवसायी प्रधान टोलसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा देवीप्रसाद राई, सचिवमा तुलसीप्रसाद तिवारी र कोषाध्यक्षमा दिलु गुरुङ चुनिएकी छन् । यसैगरि, सदस्यहरुमा एमवी कुमार तामाङ,विष्णुमाया धिमाल,प्रकाश राजवंशी,धनकुमारी राई र मैया बास्कोटा चयन भएकी छन् ।
गहुेश्वरी सामाजिक संस्थामा भट्टराई
कमल ५ कै गुहेश्वरी सामाजिक संस्था पूर्नगठन गरिएको छ । आइतवार सम्पन्न विशेष भेलाले संस्थाको अध्यक्षमा नविन भट्टराई ,उपाध्यक्षमा बिष्णु राउत, सचिवमा रोजन आचार्य, सह सचिवमा ईन्दिरा रिजाल र कोषाध्यक्षमा भरत न्यौपाने चुनिएका छन् । यसैगरि, सदस्यहरुमा अभिषेक घिमिरे ,मनोज कार्की ,सुर्य भट्टराई, जानुका बिष्ट ,दुर्गा भुजेल खवास र गायत्रा बुढाथोकी चौंहान लगायत चुुनिएका छन् ।सामाजिक कार्यमा सक्रिय उक्त संस्थाले स्थानीय स्तरमा विभिन्न कार्यक्रम गरि आएको छ ।

 

Leave a Reply

Your email address will not be published.