कमल ,२६ माघ । झापाको कमल गाउँपालिका -४ स्थित भित्री सडक खण्डमा भएको सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा सोहि ठाँउका ४८ बर्षिय शुरेस राईको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति करिब ९ बजे एकता चौकमा चुलाचलीमोडबाट दक्षिण ट्याङ्गे पुलतर्फ जाँदै गरेको को १ प १८१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक राईको मृत्यु भएको हो । टाउको र दाहिने गालामा चोट लागेर उपचारका लागि दमकको लाईफलाईन अस्पताल लगिएकोमा त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पु¥याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।