
मोरङ ,२५ माघ । संघीय सरकारले मोरङका दुई स्थानीय तहमा संकटकाल घोषणा गरेको छ । सोमवार मन्त्रीपरिषद्को बैठकले मोरङका ग्राथान–१ खुनियाकट्टा र बूढीगंगा – ५ मा फैलिएको बर्डफ्लू रोक्न संकटकाल घोषणा गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्डफ्लु नियन्त्रण गर्न एक साताका लागि संकटकाल घोषणा गरिएको जनाएका हुन् ।
पशुसेवा विभागले माघ १६ गते उक्त क्षेत्रमा पालिएका कुखुराको नमूना परिक्षण गर्दा बर्डफ्लू पुष्टि भएको थियो । विभागका निमित्त महानिर्देशक लेखराज दाहालले केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पीसीआर विधिबाट परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको थियो । सो स्थानमा र अन्य स्थानमा थप संक्रमण फैलन नदिन उक्त बैठकले संकटकाल घोषणा गरेको हो ।