
बिर्तामोड,२५ माघ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार विर्तामोडमा सम्पन्न जिल्ला भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन र कोषाध्यक्षमा कमल बुढाथोकी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चुनिएका छन् ।