
कमल ,२४ माघ । पालिकाका अगुवा किसानहरुलाई सिंचाई सुविधा पुरयाँउन झापाको कमल गाउँपालिकाले १८ वटा सिंचाई मोटर उपलब्ध गराएको छ ।
विगतदेखि नै सिंचाइका लागि गाउँपालिकाले वितरण गरिआएको कार्यक्रम अन्तर्गत यसवर्ष पनि कमलका सातवटै वडाबाट छनौट भई आएका कृषक समूहकलाई सिँचाई मोटर औजार प्रदान गरिएको कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताए ।
उनका अनुसार सिंचाइको व्यवस्था नभएका करण समस्यामा परेका कृषकहरुलाई लक्षित गरी पानी तान्ने मोटर औजार उपलव्ध गराईएको हो । शुक्रवार गाउँँपालिका कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरि ती कृषि औजार उपकरण गाउँपलिकाकी अध्यक्ष मेनुका काफ्लेले हस्तान्तरण गरिन् ।
पालिकाले ५ जना परिवारको २ विगाहाभन्दा बढी खेती भएका कृषकलाई सामूहिक रुपमा सिंचाई सुविधा उपलब्ध गराउनका लागि १८ थान पानी तान्ने मोटर निशुल्क प्रदान गरिएको अध्यक्ष काफ्लेले बताईन् ।
यसैगरि, गाउँपालिकाले सुक्खा समय अन्तरगत फागुन, चैत, वैशाख र जेठ महिनामा सिंचाईमा प्रयोग हुने विद्युत महशुलमा समेत ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष काफ्लेले जानकारी दिईन् ।