
दुधे ,२४ माघ । झापा, शिवसताक्षीका पूराना पत्रकार छबिलाल दवाडीले सताक्षी प्रेस क्लबमा रु ५० हजारको अक्षय कोष स्थापना गरेका छन् ।
सताक्षी प्रेस क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहिक खबरपत्रिकाका सह–सम्पादक समेत रहेका दवाडीले आफ्नो दिवंगत श्रीमती यन्तिदेवीको स्मृतिमा क्लवमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
उनले दिवंगत श्रीमतीको वार्षिकीको अवसर पारेर आइतवार क्लबका अध्यक्ष सेलिङ केसीलाई अक्षयकोषको चेक हस्तान्तरण गरे ।
दवाडीले पत्रकारिता तथा साहित्य क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार र साहित्यकारलाई थप प्रोत्साहन दिन क्लवमा अक्षयकोष स्थापना गरेको बताए । क्लबमा यसअघि मनाहाङ सेलिङ स्मृति अक्षयकोष रहेको छ ।