शेर्मा परिवारद्धारा पितृको स्मृतिमा भगवतीेमा अक्षयकोष स्थापना

शिवसताक्षी ,२४ माघ । झापाको शिवसताक्षी -८ स्थित डुडामारीमा रहेको भगवती आधारभुत बिद्यालयमा स्थानीय एक दाताले ५१ हजार १सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।विद्यालयमा एक कार्यक्रमको आयोजना गरि हङकङमा बस्दैआएका स्थानीय बुद्धराज शेर्माले आफ्नो दिवङ्गत आमा, बुबाको स्मृतिमा उक्त अक्षयकोषको रकम हस्तान्तरण गरेका हुन् ।
सुख बहादुर– जसमाया शेर्मा स्मृति अक्षयकोष नामकरण गरिएको अक्षयकोषबाट बुबा आमाको पुन्य तिथिको अवसर पारेर बिपन्न बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्ने लक्ष्यका साथ दाता शेर्माका श्रीमति आशाहाङ्गमा लावती शेर्माले बताईन् ।
शेर्मा दम्पती लामो समयदेखि हङकङमा बस्दै आएका छन् । सामाजिक कार्यमा सकृय रहेका शेर्मा दम्पतीले यसअघि समेत आफू अध्ययन गरेको स्थानीय बिद्यालयमा पनि स्कुल बस खरिदका लागि ५१हजार१सय५१रुपैया सहयोग प्रदान गरेका थिए ।
उक्त अक्षयकोषबाट बर्सेनी विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने बिद्यालयका प्रधानाध्यापक टेकबहादुर थापा मगरले बताए । उनका अनुसार बिद्यालयमा हाल यो सहित ३ वटा अक्षयकोष रहेको छ । जसमा स्व. सुजना सेर्मा स्मृति अक्षयकोषमा रु २लाख १५ हजार, स्व. नरेन्द्र कुमार शेर्मा स्मृति अक्षयकोषमा रु १लाख रहेको छ । यी अक्षयकोषको प्राप्त ब्याजबाट ५० प्रतिशत बिपन्न बिद्यार्थीलाई र ५० प्रतिशत नीजि स्रोतका ३ जना शिक्षकहरुको तलब भत्तामा खर्च गरिदैआएको उनले बतए ।
२०३९ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुदै आएको र हाल कक्षा ३ सम्म भने अङ्ग्रेजी माध्यमबाट पठनपाठन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.