
दमक, २३ माघ । दमक- ६ स्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आइतवारदेखि झापाको गौरादहमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
गौरादह क्षेत्रका शेयर सदस्यहरुलाई लक्षित गरि सेवा केन्द्र सञ्चालनमा ल्याईएको व्यवस्थापक कमल घिमीरेले बताए । यो चौथो सेवा केन्द्र हो ।
व्यवस्थापक घिमीरेका अनुसार २०६६ सालमा स्थापना भएको सहकारीले यसअघि झापाको झिलझिले, सुरुङ्गा र मोरङ्गको उर्लावारीमा सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।