झापाका चारै डिएसपीको सरूवा,दमकमा लामा आउने

झापा, २३ माघ । इलाका प्रहरी कार्यालय दमकको प्रमुखमा मनोजकुमार लामा आउने भएका छन् । दमकको कमाण्ड सम्हाल्न जिल्ला प्रहरी परिसर ललितपुरबाट डिएसपी लामा आउने भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा र ३४ जना डीएसपीको काज सरुवा गरेसंगै दमकका डिएसपी दीलिप कुमार गिरीको सरुवा भई गिरीको ठाँउमा लामा आउने भएको उल्लेख छ । गिरीको भने वागमती प्रदेश प्रहरी गण हेटौडा सरुवा भएको छ ।
प्रहरी स्रोतका अनुसार सो क्रममा झापाका चारै जना डीएसपीहरुको पनि सरुवा भएको छ । जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता बसन्त पाठकको ठाउँमा खगेन्द्र रिजाल आउने भएका छन् । डीएसपी पाठक उपत्यका अपराध अनुसन्धान कार्यालय जाने भएका छन् भने रिजाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट आउने भएका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवर केन्द्रीय अनुसन्धान ब्युरो जाने भएका छन् । उनको ठाउँमा रामेछाप घर भएका सुरज कार्की जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोको ठाउँमा जिल्ला प्रहरी परिसर ललितपुरबाट डीएसपी दीपक भारती आउने भएका छन् । डीएसपी महतोको भने मधेश प्रदेश प्रहरी कार्यालयअन्तर्गत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.