गुहेश्वरीमा आखाँ शिविर ,३५० जना लाभान्दित

दमक,२२ माघ । झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयमा आज विहान निशुल्क आखाँ शिविर सञ्चालन गरिएको छ ।नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा र गुहेश्वरी सामाजिक संस्थाको संयुक्त आयोजनामा भएको आखाँ शिविरमा ३५० जना स्थानीयहरु लाभान्दित भएको गुहेश्वरी सामाजिक संस्थाका अध्यक्ष गोपाल निरौलाले बताए ।
मेची नेत्रालयको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविरमा १८० जनालाई चश्मा,६० जनालाई औषधी वितरण गरिएको थियो । त्यस्तै, शिविरमा २७ जनामा मोतिया विन्दु देखिएको जनाइएको छ । शिविरमा नेत्रालयका डाक्टर अशोक तिवारी लगायतका चिकित्सक टोलीले आखाँ परीक्षण गरेको थियो । शिविरमा चश्मा भने हेल्पिङ हयाण्डस नामक संस्थाले सौन्जय गरिदिएको थियो ।
कमल ५ का वडा सदस्य चुरुडहाड लिम्बूको प्रमुख आतिथ्यतामा भएको आखाँ शिविरमा रेडक्रस कमलका सभापति चन्द्र साह, सचिव पारषमणि राई,उपसचिव बिष्णु सुब्बा, कोषाध्यक्ष प्रमोद दाहाल , गुहेश्वरी सामाजिक संस्थाका अध्यक्ष गोपाल निरौला, सचिव अभिषेक घिमीरे,कोषाध्यक्ष नविन भट्टराई लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यसअघि संस्थाले आज विहाननै खुल्ला रक्तदानमा ४१ पिन्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रस सोसाईटी उपशाखाको रक्त सञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा भएको रक्तदानमा १२ महिलासहित ४१ जनाले रगतदान गरेका थिए । सामाजिक कार्यमा सक्रिय उक्त संस्थाले गुहेश्वरी टोलमा विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.