दमक,२२माघ । झापाको कमल गाउँपालिका -५ स्थित गुहेश्वरीस्थित गुहेश्वरी आधारभूत विद्यालयमा आयोजित खुल्ला रक्तदानमा ४१ पिन्ट रगत संकलन भएको छ ।
गुहेश्वरी सामाजिक संस्थाले आज आइतवार आयोजना गरेको रक्तदानमा १२ महिलासहित ४१ जनाले रगतदान गरेका छन् । रक्तदानमा संस्थाका अध्यक्ष गोपाल निरौला, कोषाध्यक्ष नविन भट्टराई,सदस्य कृष्णबहादुर कार्की, नविन श्रेष्ठ, जीवन कुईकेल,काजीमान राउत लगायतले रगतदान गरेको सचिव अभिषेक घिमीरेले जानकारी दिए । सो अवसरमा सहभागि रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।
रक्तदान नेपाल रेडक्रस सोसाईटी उपशाखाको रक्त सञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा भएको थियो ।यसैगरि, आजनै मेची नेत्रालयको प्राविधिक सहयोगमा निशुल्क आखाँ शिविर समेत सञ्चालन गरिएको थियो ।आखाँ शिविर कार्यक्रम नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको संयोजनमा भएको थियो ।