फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

झापा,१८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

अब काठमाडौ‌ं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२५ कायम भएको छ।यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको छ।

यो सँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर १०९५ अमेरिकी डलर कायम गरिइएको छ।

Leave a Reply

Your email address will not be published.