पथरी जेसीजद्वारा जेब्रा क्रसिङ्ग निर्माण

पथरीशनिश्चरे , १७ माघ । पथरी जेसीजले पथरीशनिश्चरे नगरस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको व्यस्त कट्टूसे राजमार्ग खण्डमा जेव्राक्रसिङ्ग निर्माण गरेको छ ।
आज सोमबार एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय पथरीका सहईन्चार्ज अच्युत सिग्देलले उद्घाटन गरे ।
उक्त सामुदायिक वन क्षेत्रभित्रको आन्तरिक पर्यटकीय स्थलहरू अवलोकन भ्रमणका लागि आउनेहरूको बाक्लो भिडभाड बढ्दै गएपछि पथरी जेसीजको अगुवाइमा सडक पार गर्न सहज तुल्याउन र दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले सो जेब्राक्रसिङ निर्माण गरिएको जेसीज वर्ष २०२२ की प्रथम महिला अध्यक्ष अनिता राई (अनु ) ले बताईन् ।
सो कार्यक्रममा पथरी जेसीजका निवर्तमान अध्यक्षहरू क्रमशः वर्ष २०१९ का मान बहादुर दियाली , २०२० का सन्तोष ढुंगेल , २०२१ का प्रदिपकुमार फूयाल सहितको उपस्थिति रहेको थियो भने वर्ष २०२२ का बोर्डका सबै पदाधिकारीहरू समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको महासचिव राजकुमार बिश्वकर्माले जनाए ।

Leave a Reply

Your email address will not be published.