दमक, १७ माघ । दमक उद्योग वाणिज्य संघले यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रादेशिक स्तरिय पाँचौ दमक महोत्सवको आयोजना गर्ने भएको छ ।संघले दमकमा बुधबार पत्रकार सम्मेलन गरि महोत्सव महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । उनका अनुसार महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा किनारमा हुने छ । महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको उनले बताएका छन् ।
संघले विगतमा २०६२,२०६५,२०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सव यता संघले कोभिड लगायतका कारणले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन् । तर, पछिल्ला समय अर्थतन्त्र केहि सुधारसंगै परिस्थति समेत अनुकुल वन्दै गएपछि ६ वर्षपछि महोत्सवलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरागाईले बताए । महोत्सव सफल बनाउन सवैको सहयोग आवश्यक भएको भन्दै अध्यक्ष गुरागाईले भने, –‘स्थानीय उद्योग, व्यापार,व्यवसायको प्रवद्र्धनमा यस्ता महोत्सव उपयोगी माध्यम भएकाले पनि यो महोत्सव लक्ष्य अनुरुप सफल हुनेमा हामी विश्वस्त छौ ’
महोत्सवमा औद्योगिक व्यापार,पर्यटन ,प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुने छ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।
यसैगरि, संघका पूर्व अध्यक्षहरु सम्मिलित ९ सदस्यीय स्टेयरिङ कमिटी, राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधिहरु सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिए ।
महोत्सव सफल बनाउन दमक चौंकको आकासे पुल र गणतन्त्र चौकमा प्रचारात्मक तुल,व्यानार राखिएको उनले बताए ।संघले सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति,टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन,ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति ,उमेश गजमेरको संयोजकत्वमा स्वमसेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण,विद्युत,खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको उनले बताए ।
महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईको भनाई छ । महोत्सवको बचत रकम निर्माणाधि इलम प्रशिक्ष्ण केन्द्रमा खर्च गरिने उल्लेख छ ।
पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले महोत्सवको सन्दर्भमा आफनो भनाई राखेका थिए । सो अवसरमा संघले महोत्सव प्रचारप्रसारमा सघाउँ पुरयाँउने उद्देश्यले महोत्सवको लोगो अंकित जर्सी समेत सञ्चारकर्मीहरुलाई हस्तान्तरण गरेका थिए ।