मालपोत कार्यालय दमक नायव सुब्बाको भरमा

दमक,१६ माघ । यहाँस्थित दमकको मालपोत कार्यालय अधिकृत विहीन हुदाँ कामकाज प्रभावित भएको छ । कार्यालय प्रमुखसहित पाँच जना अधिकृत नहुदाँ दैनिक कार्यसम्पादन प्रभावित हुन पुगेको हो ।
कार्यालय प्रमुख तारानाथ दंगाल र अन्य चार जना अधिकृत एकैसाथ कार्यालयमा नहुदाँ नायव सुब्बाको भरमा सञ्चालन गर्नुपरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दंगाल एकसाता अघि काजमा मन्त्रालय तानिएका छन् भने अन्य चार अधिकृत यसअघिनै रिक्त रहेको बुझिएको छ । चार अधिकृत मध्ये दुई जना मुद्धाका कारण निलम्बनमा र अन्य दुई अन्यत्र काजमा गएपछि समस्या हुदैआएको बताईएको छ ।
कार्यालय प्रमुखसहित अधिकृत नहुदाँ नियमित कामकाज गर्न नायव सुब्बाको भरमा सञ्चालन हुदैआएको छ । अधिकृत नहुदाँ जग्गाको जटिल प्रकृतिका कामका सेवाग्राहीहरु भने मर्कामा परेको कार्यालयका कर्मचारी मेदनी पोख्रेलले बताए ।
मालपोत कार्यालय दमकले जिल्लाको माइपश्चिम क्षेत्रबासीको जग्गासम्बन्धी सरकारी सेवा उपलव्ध गराउदैआएको छ ।

Leave a Reply

Your email address will not be published.