पुष्प–धीरेन्द्र शिक्षालयको सातौं वार्षिकोत्सव

दमक,१७ माघ । दमकमा रहेको पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले विहिबार आफनो सातौं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।दमक- १ स्थित पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा सञ्चालित वहुप्राविधिक शिक्षालय परिसरमा विभिन्न कार्यक्रम गरि प्रतिष्ठानले बार्षिकोत्सव मनाएको हो । प्रतिष्ठानले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी ) संगको साझेदारीमा सीपमूलक विषयमा पठनपाठन गर्देआएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले प्रतिष्ठानले शैक्षिक उन्नयनमा महत्वपूर्ण भुमिका खेलेको चर्चा गरे ।नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य रञ्जित तामाङ्ले मुलुकको परिवर्तनमा पुष्प–धीरेन्द्रले पुरयाँउदै आएको योगदान माथि जोड दिए ।
वार्षिकोत्सवमा नेपाली काङ्ग्रेसका नेता सुरेश सुब्बाले प्रतिष्ठानले सामाजिक र शैक्षिक क्षेत्रमा खेलेको भूमिकाको प्रसंसा गरे। कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, माओवादी नेता गगन पुरी , एमाले नेता सिताराम पोखरेल , आम्दा अस्पतालका प्रमुख डा.शिखर कट्टेल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका गतिविधि , विविध सांस्कृतिक कार्यक्रम र खेलकुद सप्ताह आयोजना गरिएको प्रतिष्ठाका निर्देशक बीरेन्द्र बस्नेतले जानकारी दिए ।
दमक–१ निवासी पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत २०६० सालमा राज्यद्धारा बेपत्ता पारिएका हुन् । उनीहरु स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माइला र कान्छा छोरा हुन् ।

 

Leave a Reply

Your email address will not be published.