दमक ,१५ माघ । नेपाल प्रेस यूनियनले अघिल्ला बर्षझै यसवर्ष पनि बनभोजको आयोजना गर्ने भएको छ । यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यहि माघ २७ गते सामूहिक तथा पारिवारिक बनभोजको आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष बिष्णु सुब्बाले बताए । विगत तीन वर्षदेखि यूनियनले पारिवारिक पूर्नमिलन कार्यक्रम अन्तर्गत बनभोजको आयोजना गदैं आएको छ । यसपटकको बनभोज इलामको पर्यटकीयस्थल चुलाचुलीस्थित चपेटीमा हुने जनाइएको छ ।
बनभोजसहित यूनियनको दोश्रो क्षेत्रीय अधिबेशन समेत सम्पन्न गरिने उनले जनाएका छन् । वनभोज सम्पन्न गर्न यूनियनका सदस्य नवराज न्यौपानेको संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको छ । बनभोजमा यूनियन माइपश्चिममा आबद्ध पत्रकारसहित जिल्ला भरिका एक सय जति पत्रकारहरुको सहभागिता रहने अध्यक्ष सुब्बाले बताएका छन् ।