कमल,१६ माघ । झापाको कमल गाउँपालिकास्थित केर्खामा रहेको नवजागरण महिला समाजको अध्यक्षमा पुनः बिष्णुमाया बेघा लिम्बू चुनिएकीछन् ।समाजको बुधबार सम्पन्न पहिलो साधारण सभाको संस्थाको बन्दसत्रबाट लिम्बूको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा नैनकला सेडाई, सचिवमा रिता खतिवडा,सहसचिवमा सिता खडका र कोषाध्यक्षमा कमला दाहाल चुनिएकी छन् । यसैगरि, सदस्यहमा बालकला प्रसाई, समिता फागो, शुशिला पाण्डे , रेखा कुमारी न्यौपाने , शबन लिम्बु र बिष्णुमाया जबेगु चुनिएकी छन् ।
नवजागरण महिला समाज तर्दथ समितिकी अध्यक्ष विष्णुमाया लिम्बूको अध्यक्षतामा भएको संस्थाको साधारणसभाको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । संस्थाले पालिका भित्रका महिलाहरुलाई संगठित गरि सीप तथा आयआर्जनतर्फ उन्मुख गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने लक्ष्य राखिएको सचिव खतिवडाले बताईन् ।