सेन्टरद्धारा ५ लाख राशिको पत्रकारिता पुरस्कार स्थापना

फिदीम,१५ माघ । प्रेस सेन्टर नेपाल पाँचथर शाखाले ५ लाख रूपैयाँ राशिको पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ।प्रेस सेन्टर नेपालले आज आफनो १९ औँ स्थापना दिवसको अवसरमा पारेर पाँचथर जिल्ला शाखाले शुभकामना आदानप्रदान कार्यक्रमसहित कोष स्थापना गरेका हुन् ।

दशवर्षे जनयुद्धका समयमा जिल्लाकै पहिलो शहीद गब्बरसिंह आङदेम्बेको स्मृतिमा ५ लाख राशिको पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस सेन्टर नेपालका संघीय सदस्य विजयवोध लावतीले जानकारी दिए।
पत्रकारिता क्षेत्रमा योगदान गर्ने अग्रज एवम् क्रियाशील पत्रकारलाई सो पुरस्कार प्रदान गरिने जनाइएको छ । कोषमार्फत कार्यविधि तयार गरि बर्सेनी पुरस्कार वितरण गरिने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.