दमक,१५ माघ । दमक- ४ तारावारीमा अस्थायी प्रहरी चौकी स्थापना गर्नका लागि स्थानीय एक जना दाताले लाखौ मूल्य पर्ने ६ कठठा जमीन निशुल्क दिएका छन् ।
स्थानीय कमल आचार्यले चौंकी कार्यालय निर्माणका लागि १ कठ्ठा १५ धुर नम्बरी जग्गा सहित आफ्नो नीजि जोतभोगको जग्गासमेत गरि ६ कठ्ठा जग्गा ईलाका प्रहरी कार्यालय दमकलाई उपलव्ध गराएका हुन् ।
आइतवार दमक नगरपालिकाकी नगर उप प्रमुख रेगिना भट्टराई प्रसाईसहित दमक -४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाललगायत स्थानीयबासी , समाजसेवीहरुको उपस्थितिमा स्थलगत अनुगमन गरेका थिए ।
दान दिएको जग्गा पास गर्ने प्रक्रिया छिट्टै सम्पन्न गरी भवन निर्माण कार्य प्रकृया अघि बढाउने उप प्रमुख भट्टराईले बताईन् ।