
दमक,१३ माघ । प्रदेश एक अन्तर्गतका तीन जिल्लामा भएका अलग अलग दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश एक भर भएका १३ दुर्घटना मध्ये ति दुर्घटनामा तीन जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ट्राफिकका अनुसार पाँचथरको मिक्लाजुङ १ फुङसिङस्थित भित्रि कच्ची सडक खण्डमा फिदिमबाट रवि तर्फ जादै गरेको प्र१–०१–००१त ८५९५ नम्बरको टयाक्टर भिरमा खस्दा चालक ईलाम माङसेबुङ –३ का २१ बर्षिय रबिन लिम्वुको घटनास्थलमै मृत्यु भएको हो । उनको टयाक्टरको ईन्जिनले किच्दा मृत्यु भएको हो ।
त्यसैगरी झापा मेचीनगर ७ स्थित पूर्व पश्चिम राजमार्गको टोकला चिया बगानको गेट अगाडी पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको स्कारपियोले बिपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक २८ का सन्तोष राजवंशीको मृत्यु भएको हो । त्यसैगरी गएराती एक बजे धरान १३ इन्द्रेणीमार्ग स्थित कोशी राजमार्गमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४४ प १९१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक अन्दाजी ३० बर्षिय पुरुषको मृत्यु भएको छ । पहाडे मुलको जस्तो देखिने ति व्यक्तिको तत्काल पहिचान हुन सकेको छैन ।
त्यसैगरी सुनसरीको गढी गापा २ भोटिया पुलको छेउस्थित दुहबी ईनरुवा सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प २९९५ नम्बरको नम्बरको स्कुटर र सोहि दिशाबाट जाँदै गरेको को २० प २८८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदा एक जना सशस्त्र प्रहरी नायव निरिक्षक गम्भिर घाईते भएका छन ।
स्कुटर चालक सशस्त्र प्रहरी बलको १ बराह बहानी पकली सुनसरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक गणेश बहादुर खड्का गम्भिर घाईते भएका र उनको बिराट नर्सिङहोम बिराटनगर तर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।