दमक,१२ माघ । सरस्वती पुजाको अवसर पारेर दमकको सीएससीआई एजुकेशन फाउण्डेसनले आज आप्mनै पुस्तकालयको सञ्चालनमा ल्याएको छ । पुस्तकालयको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गरिन् ।
फाउण्डेसन रहेकै भवन एसएन मार्केटमा रहेको पुस्तकालयमा लोकसेवा आयोगको तयारी कक्षाका लागि २ सय वटा भन्दा बढि उपयोगी पुस्तकहरु राखिएको छ ।
आगामी बैशाखदेखि पुस्तकालयलाई थप बिस्तार गर्दै लैजाने लक्ष्य राखेको फाउण्डेसनका अध्यक्ष राजु गौतमले जानकारी दिए ।
यस्तै पुस्तकालय उद्घाटनका क्रममा बधाई शुभकामना ब्यक्त गर्दै नगर उपप्रमुख भट्टरार्ईले सिएससिआईले सुरुवात गरेको यो कदमले लोकसेवाको तयारी गरिरहेका तर आर्थिक अवस्था कमजोर भएकै कारण पुस्तक खरिद गरेर पढ्न नसक्नेहरुका लागि सहयोगी हुने बताइन् । संस्थाले सामाजिक क्षेत्रमा पुर्याउदै आएको योगदानको समेत स्मरण गर्दै नगर उपप्रमुख भट्टराईले आगामी दिनमा पनि नाफामुखी भन्दापनि थप सेवामुखी बन्न संस्थालाई शुभकामना समेत दिएकी थिइन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकृत छवि ढकालले विश्वविद्यालयहरुले उत्पादन गरेका कोरा जनशक्तिलाई यस्तै संस्थाहरुले दक्ष बनाउने जोड दिए । उनले मुलुकको बिकासका लागी दक्ष जनशक्ति उत्पादन गर्न सिएससिआईको पुस्तकालय उपयोगी हुने बताए ।