
काँकडभिट्टा,१२ माघ । मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीको गाडीले ठक्कर दिदा एक ब्यक्तिको मृत्यृ भएको छ । बुधबार साँझ सात बजेको समयमा बा १ झ १७२ नम्बरको स्करपियो गाडीले ठक्कर दिदा मे ९ प ७९२७ नम्बरको डिस्कभर मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक मेचीनगर -७ सन्तोष राजवंशीको मृत्युभएको हो । गाडीको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामा्ड लैजाने क्रममा बाटोमा नै मृत्यृ भएको थियो ।
उपमेयर उप्रेतीले चलाउने गरेको मेचीनगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी बिराटनगरबाट आउने क्रममा ठक्कर दिएको थियो । श्रोतका अनुसार उक्त गाडीमा उपमेयर बिराटनगरमै बसेपछि उनका पार्टीका कार्यकर्ता लिएर काकँरभिटटा आउने क्रममा दुर्घटना भएको हो ।
नेकपा एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोख्रेललगायतका कार्यकर्ताहरुलाई काँकरभिट्टा पुर्याउने क्रममा टोकला गेटमा दुर्घटना भएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा मंगलबार बिहान उपमेयरसहित उनका पार्टीका नेता तथा कार्यकर्ता बिराटनगर गएका थिए ।
उपमेयर उप्रेती बिराटनगर मै बस्ने भएपछि उक्त गाडीका चालक राजकुमार प्रधानलाई आफ्ना नेता कार्यकर्तालाई घर पुर्याउन निर्देशन दिएकी थिइन् ।
जनताका सेवामा सहवताका लागी राज्यले दिएको सवारी साधन दुरुपयोग गरेको प्रति सचेत नागरिकहरुले चासो देखाएका छन् । यस सम्बन्धमा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले सत्यतत्य घटना बुझेर आवश्यक निणर्य गर्ने बताए । उक्त गाडी रातीको समयमा मेचीनगर परिसर भित्रै राख्ने गरिएको बताइएको छ ।