दमक,१२ माघ । अपाङ्गगता भएकाहरुलाई सीपमूलक तालिम प्रदान गरि स्वरोगार बनाउने उद्देश्यले दमकमा सञ्चालित चार महिने होजियारी तालिम आज समापन भएको छ ।
अपांङ्गगता होजियारी समूहले सञ्चालन गरेको तालिममा दश जनाको सहभागिता रहेको थियो । दमक ८ स्थित समूहको कार्यालयमा एक कार्यक्रमका वीच आज तालिम समापन गरिएको हो ।समूहकी अध्यक्ष पार्वता श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापनमा बोल्दै सहभागिहरुले सीपले नै मानिसलाई आयआर्जनको गतिलो आधार निर्माण गर्ने औल्याएका थिए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा दमक ८ का वडाअध्यक्ष दिपेश दाहाल,तालिमको सहयोगी संस्था लेप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेल,व्यवस्थापक विपीन दास,दमक अपाङ सहयोग समिति दमकका अध्यक्ष खगेन्द्र भट्टराई लगायतले अपाङगता भएकाहरुले सञ्चालन गरेका यस्ता उद्योग ,व्यवसायलाई प्रोत्साहन दिनु पर्ने जोड दिए ।
त्यस्तै,तालिमका सहभागिहरुले आफूले सिकेका सीपलाई जीवनपयोगी बनाउन सवैले सहयोग पुरयाँउनु पर्ने बताएका थिए । तालिममा प्रशिक्षकका रुपमा राजन दर्जीले सहजीकरण गरेका थिए ।
त्यस अवसरमा तालिममा सहभागिहरुले तयार गरेका होजयारीका टिसर्ट लगायतका कपडाहरुको समेत प्रर्दशनी गरिएको थियो । तालिम समापनमा त्रिवेणी अपाङतथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष मनमाया तिम्सीना, पूर्वाञ्चल बहिरा संघका अध्यक्ष रमेश श्रेष्ठ लगायतका अपाङगता भएका संघसंस्थाका प्रतिनिधिहरु,सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।