
अर्जुनधारा, ९ माघ । अर्जुनधारा नगरपालिकामा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै नगरपालिकाले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो ।
कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिसअनुसार अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा जनाइएको छ ।
नगर प्रमुख हरिकुमार रानाले हस्ताक्षर गरेको सूचनामा अत्यावश्यकबाहेकका अन्य सेवाहरु माघ १४ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ ।