पत्रकारलाई ज्यान मार्ने धम्की, प्रहरीमा दिए उजुरी

काँकरभिट्टा,९ माघ । मेचीनगरका पत्रकार खगेन्द्र घिमिरे र मुक्ति पौडेललाई फोन मार्फत ज्यानमार्ने धम्की दिने युवाहरु विरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ । पत्रकार घिमिरेले माघ ३ गते अनुसन्धान अनलाइन मार्फत सार्वजनिक गरेको एक भिडियो रिर्पोटलाई लिएर उनीहरुले धम्काएका थिए ।

पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई समाचार लेखेकै बिषयलाई लिएर टेलिफोन मार्फत ज्यानमार्ने धम्की दिने मेचीनगर –४ बाहुण्डाँगीका युवाहरु विकास प्रधान, कञ्चन उप्रेती, सन्तोस सुवेदी र राजेश थापा विरुद्ध पत्रकारद्वयले आइतवार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा किटानी जाहेरी दिएका हुन् ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको अमर्यादित कार्यका बिषयमा समाचार लेखेकै कारण बाहुण्डाँगीका केही युवाले आफुहरुलाई धम्की दिएपछि असुरक्षित महसुस गरी निज विरुद्ध कानूनी कारबाहीको लागि प्रहरीमा जाहेरी दिएको पत्रकार पौडेलले जानकारी दिए ।

जाहेरी आएपछि प्रक्रिया अनुसार कारवाही अघि बढाउने इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । केही दिनअघि समाचारका बिषयलाई लिएर फोन मार्फत मारेर जमिनमा गाड्ने भन्दै धम्की दिएका थिए ।

Leave a Reply

Your email address will not be published.