आज विश्वनै कोरोनाको चपेटामा परेको छ । यसैका कारण धेरै मानिसहरुले ज्यान गुमाई रहेका छन् । सामाजिक आर्थिक रुपमा विचलन आएको छ । यो अवस्थामा हामीले आप्mनो शरीरलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने बारेमा विभिन्न लेखहरु प्रकाशित भए भने विभिन्न अध्ययनहरु पनि हुदै आएका छन् । विभिन्न अध्ययन पश्चात धेरैजसो रोग लाग्ने कारणमा भिटामिनको कमी भएको पाइएको छ । अझ कोरोना त रोगप्रतिरोधात्मक क्षमताको कमीका कारण धेरै सताउने पाइएको छ । यो लेखमा विभिन्न प्रकारका भिटामीनका बारेमा र यसको उपयोगिता बारेमा छोटो व्याख्या गरिएको छ ।
शरीरलाई स्वस्थ राख्न चाहिने छ प्रकारका तत्व मध्ये भिटामिन एक हो । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, बोसा(चिल्लो पदार्थ)े, पानी र मिनरल(खनिज) मध्येको एक भिटामीन हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता वढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता वढाउनकालागि आवश्यक हुन्छ । हाम्रो शरीर असख्य कोष र विभिन्न प्रकारका तन्तु, अङ्ग, प्रणाली, अनेकन तत्व, रसराग(हर्मोन) अनि न्यूरोट्रान्समिटरको संयोजनबाट बनेको र चलिरहेको हुन्छ । यिनै अनेकन तत्व मध्ये विभिन्न प्रकारका भिटामिनका कारण शरीर स्वास्थ रहेको हुन्छ । प्रकृतिले नै दिएको रोग प्रतिरोधी क्षमता कायम राख्न हामीले खाएका खानेकुराबाटै पूर्ति हुन्छ यसको एउटा अंश भिटामिन । भिटामिन चिनेर उचित मात्रामा सेवन नगरेकै कारण र व्यायामको कमी अनि तनावले हामीलाई विभिन्न प्रकारका रोग लाग्न सहज भएको छ । जस्तै मधुमेह, थाइराइड्, उच्च रक्तचाप, पायल्स, ग्यास्ट्रिक, पथरिया, मानसिक समस्या, वबुढेसकालमा देखापर्ने डिमेन्सिया, यौन शक्तिमा कमी, विभिन्न प्रकारका छालाका रोग, हड्डी सम्बन्धी रोग, जस्तै हड्डी खिइने, सामन्य चोटमै भाचिने, चर्किने, मासी र मासंपेशी दुख्ने आदि आदि ।
भिटामिनका धेरै प्रकार भए पनि यसको शोषण प्रकृयाका हिसावले २ भागमा विभाजन गरिएको छ, वोसो अर्थात चिल्लो पदार्थसँग घुलिने र पानीसँग घुलिने । भिटामिन त खाइरहिएको छ तर के र कस्ता खानकुरासँगै खाएमा धेरै भन्दा धेरै आन्द्राबाट शोषण भएर शरीरमा पुग्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । बोसो(प्mयाट)मा घुलिने भिटामिन मध्ये पहिलो भिटामिन ए हो । यो भिटामीन हरेक उमेर समूहलाई आवश्यक भए पनि सबैभन्दा धेरै केटाकेटी र बुढाबुढीलाई आवश्यक हुन्छ । केटाकेटीमा कमजोर रोग प्रतिरोधात्मक क्षमता हुने र विभिन्न प्रकारका संक्रामक रोगले आक्रमण गर्ने हुँदा यसबाट बच्न, रतन्धो र अन्य आँखामा लाग्न सक्ने रोगबाट बच्न भिटामिन ए धेरै चाहिन्छ । यसको कमी नहोस भनेर सरकारले भिटामिन ए खुवाउने कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ । यसरी नै बुढेसकालमा पनि खानाको कमी या विभिन्न रोगका कारण आवश्यक मात्रामा भिटामिन ए युक्त खानेकुरा खान नसकिने भएकाले र रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यसको वढी आवश्यकता पर्छ । यसरी नै गर्भवती महिला र स्तनपान गराउने आमाकालगि पनि अतिरिक्त मात्रामा भिटामिन ए खानुपर्छ । यो भिटामिनको कमी हँदा रोग प्रतिरोधात्मक क्षमता मात्र कमी हुदैन आँखामा मात्र समस्या आउँदैन शरीर फुर्ति नहुने मात्र रहदैन प्रजनन स्वास्थमा पनि प्रभाव देखाउने हुँदा यो भिटामिन प्राप्त हुने खानेकुरा र फलफूल अनि सागसब्जी प्रशस्त मात्रमा सेवन गर्नुपर्दछ । हामीलाई दैनिक चाहिने मात्र भनेको १.५मी.ग्राम हो । जो हामीले दैनिक सेवन गर्ने खानेकुराबाट प्राप्त गर्न सक्छौं । यसको स्रोतः दुध, मक्खन, अण्डा, गाजर, पाकेको फर्सी, मेवा, सुठुनी, सागपात, किवी, स्याउ लगायतका पहेला फलफुलमा प्रसस्त पाइन्छ ।
भिटामीन डी : घाटीको अगाडी थाइराइड ग्रन्थिको छेउमा रहेका साना पाराथाइराइड ग्रन्थीले उत्पादन गर्ने भिटामिन हो डी । बोसो या चिल्लो पदार्थमा घुलिने यो भिटामिनको कमी भएमा हड्डीमा हुने रोग रिकेट्स, हड्रडी खिइने र मांसपेशी कमजोर हुने, डिप्रेसन वढाउन सहयोग गर्ने, जीउ दुख्ने, सुन्निने, केटाकेटीमा दम रोग लाग्न सहयोग पुर्याउने, मुटुमा समस्या ल्याउने, मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता रोग लाग्न उक्साउने हुन्छ । यसले सेरेटोनिन् जस्ता बायोकेमिकल हर्मोन मस्तिष्कमा उत्पादन गरेर आफुलाई खुसी तुल्याउन, शरीरलाई आवश्यक पर्ने क्याल्सियम शोषण गर्न भूमिका खोल्ने जस्ता विभिन्न सुक्ष्म कार्य गर्ने भीटामिन डी हाम्रो शरीरलाई अति आवश्यक तत्व हो । यसरी नै पछिल्लो अनुसन्धान अनुसार यो भिटामिनको कमी भएमा शरीर काम्ने(पार्किन्सन्स् डिजिज), डिमेन्सिया(बुढेसकालमा विर्सने), जस्ता घातक रोग लाग्ने सम्भावना धेरै रहेको छ । स्रोतः भिटामीन डी को मुख्य स्रोत भनेको सूर्यको किरण अथवा घाम हो । सकेसम्म विहानको घाममा हरेक दिन १० मिनेट अथवा हप्तामा ३० मिनेट खुल्ला डडाल्नो सो सम्भव नभए पातलो सोतो कपडा लगाएर बसेमा भिटामिन डी शरीरलाई चाहिने जति प्राप्त हुन्छ । अझ यसको राम्रोसँग शोषण हुनका लागि चिल्लो पदार्थ भएको खानेकुरा विशेष गरेर थोरै भए पनि घिउ खानु राम्रो हो । यसको कमी भयो भने चिल्लो पदार्थ शोषणमा पनि कमी आउछ । यसरी नै अन्य स्रोतहरुमा दुध र दुग्ध जन्य पदार्थ, अण्डा, माछाको तेल आदि मुख्य हुन् । शरीरलाई चाहिने मात्र ०.०१५ मिलि ग्राम ।
कोरोना त रोगप्रतिरोधात्मक क्षमताको कमीका कारण धेरै सताउने पाइएको छ । यो लेखमा विभिन्न प्रकारका भिटामीनका बारेमा र यसको उपयोगिता बारेमा छोटो व्याख्या गरिएको छ । शरीरलाई स्वस्थ राख्न चाहिने छ प्रकारका तत्व मध्ये भिटामिन एक हो । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, बोसा(चिल्लो पदार्थ)े, पानी र मिनरल(खनिज) मध्येको एक भिटामीन हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता वढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता वढाउनकालागि आवश्यक हुन्छ । हाम्रो शरीर असख्य कोष र विभिन्न प्रकारका तन्तु, अङ्ग, प्रणाली, अनेकन तत्व, रसराग(हर्मोन) अनि न्यूरोट्रान्समिटरको संयोजनबाट बनेको र चलिरहेको हुन्छ । यिनै अनेकन तत्व मध्ये विभिन्न प्रकारका भिटामिनका कारण शरीर स्वास्थ रहेको हुन्छ । प्रकृतिले नै दिएको रोग प्रतिरोधी क्षमता कायम राख्न हामीले खाएका खानेकुराबाटै पूर्ति हुन्छ यसको एउटा अंश भिटामिन । भिटामिन चिनेर उचित मात्रामा सेवन नगरेकै कारण र व्यायामको कमी अनि तनावले हामीलाई विभिन्न प्रकारका रोग लाग्न सहज भएको छ ।
भिटामीन इ : चिल्लो अथवा बोसो तत्वमा घुलिने भिटामीन इ शरीरलाई आवश्यक मध्यको एक हो । यसको कमी भएमा रक्त अल्पताका कारण जीउ सुन्न्निे, छालामा मोटोपन आउने, कमजोरी धेरै महशुस हुने र केटाकेटीमा कमी भएमा कलेजो सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । यसको कमीले छाला र ग्रन्थिमा पनि प्रभाव पार्ने हुँदा छालामा, छालामुनी, महिला या पुरुषका स्तनमा गाठा गुठी आउने हुन्छ । मंसपेशी कमजोर हुने, हातखुट्टा कमजोर हुने, दृष्टि कमजोर हुने, बोसोको शोषणमा कमी आउने जस्ता समस्या पनि देखापर्न थाल्छन् । हाम्रो शरीरलाई चाहिने मात्र ५.५ देखि १७ मिल ग्राम लिटर । स्रोत हामीले खाने चामल अझ पोलीस नगरेको भए राम्रो, दाल, गेडागुडी, मासु, दुध, अण्डा, सागसब्जी आदि ।
भिटामीन के : भिटामीन के मुख्य गरेर शरीरको कुनै पनि भागबाट अनावश्यक रुपमा रगत बग्नबाट रोक्ने र चाडो रगत जम्न सहयोग गर्ने तत्व हो । यसको शरीरमा कमी भयो भने धेरै बेरसम्म चोटपटक लागेमा, महिलाहरुको पाठेघरबाट आवश्यक भन्दा धेरै रगत बग्ने, नाथ्री फुटेर धेरै रगत बग्ने अदि कारणबाट मानिसको अचानक मृत्यसम्म हुनसक्छ । यसका पनि के १ के २ जस्ता केहि प्रकारहरु हुन्छन् । भिटामिन के२ ले भने मुटु रोग लाग्न र क्यान्सर रोग लाग्नबाट बचाउछ । मात्रा पुरुषमा १२० र महिलामा ९० म्यूग्राम ।
पानीमा घुलिने भिटामीन : भिटामिन बी र सी पानीमा घुलिने भिटामिन हुन् । यी भिटामिनको शरीरमा धेरै महत्व हुन्छ । यसमा पनि भिटामिन बी धेरै प्रकारका र शरीरमा पनि विभिन्न प्रकारका काम गरिरहेका हुन्छन् ।
भिटामिन बी १ : भिटामिन बी१लाई थाइमिन पनि भनिन्छ । पानीमा सजिलै घुलिने यसको कमी भएमा बेरीबेरी, मुटुमा विभिन्न समस्या, नसा सम्बन्धी समस्या लगायतका थुप्रै रोगहरु लाग्न सहयोग पुग्छ । यसका साँथै यो भिटामिनले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न अनि दिमागलाई सामान्य राख्न मद्धत गर्छ । स्रोतः माछा, मासु, अण्डाको पहेलो भाग, विभिन्न प्रकारका दाल, गेडागुडी, आलु, कोदो, जौ, फापर आदिमा प्रसस्त भिटमिन बी १ पाइन्छ ।
भिटामिन बी २ : यसको अर्को नाम हो राइबोप्mलोविन । पानीमा सजिलैसँग घुलिने भिटामिन बी२ ले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न मद्धत गर्नुका साँथै विभिन्न प्रकारका अत्यावश्यक तत्वले शरीरलाई स्वस्थ राख्न सहयोग गरिरहेको हुन्छ । यसको कमी भएमा कलेजो, फियो सुन्निने मुखमा घाउ आउने, समय भन्दा अगावै बच्चा जन्मिने, पाचन प्रणालीमा समस्या देखापर्ने, जन्मिने वित्तिकैको बच्चामा कमलपित्त(नियोनेटल जन्डिस) देखापर्ने, शरीरका विभिन्न भागमा मसिना बिमिरा देखापर्ने जस्ता समस्या हुन्छन् । स्रोत दुध र दुग्ध जन्य पदार्थ, अण्डा, कलेजो, उम्रिएका गेडागुडी, ब्रोकाउली, पालक आदि ।
भिटामिन बी ३ : भिटामीन बी ३ को पनि मुख्य काम शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्नु हो । यसलाई नाइसिन पनि भनिन्छ । यसको मुख्य स्रोत माछा, मासु अन्य खाध्य पदार्थ हुन् ।
भिटामिन बी ५ : यसलाई पेन्टोथेनिक एसिड पनि भनिन्छ । यसको पनि मुख्य काम कोषमा रहेर शक्ति उत्पादन गर्नु नै हो । यो भिटमीन पाइने स्रोतमा फलफुल, सागसब्जी, दाल आदि हुन् ।
भिटामिन बी ६: भिटमिन बी ६ लाई पाइरोडोक्सिन पनि भनिन्छ । यसको पनि मुख्य काम शरीरका कोषलाई शक्ति प्रदान गरेर मजबुत बनाउनु हो । र, शरीरमा शक्ति उत्पादन गर्न मद्धत गर्नु हो । यसको शरीरमा कमी भए अचानक वेहासी पना देखापर्ने या मस्तिष्क सम्बन्धी समस्या देखापर्ने हुन्छ । स्रोत माछा, मासु, दाल, दुध, अण्डा, पालकको साग आदि ।
भिटामिन बी ७ : भिटामीन बी ७ लाई बायोटिन पनि भनिन्छ । यसको काम पनि शरीरका कोषमा रहेर शक्तिः उत्पादन गर्न मद्धत गर्नु हो । यसको स्रोत पनि हामीले सेवन गर्ने खानेकुरामा नै पाइन्छ ।
भिटामिन बी ९ : भिटामिन बी ९ लाई फोलिक एसिड पनि भनिन्छ । रातो रक्तकोषमा रहेको हिमोग्लोविन वढाउन मुख्य भुुूमिका खेल्नुका साथै सम्पूर्ण नसाको कोष विकासमा सहयोग गर्छ । यो भिटामिनको कमी भएमा रक्तअल्पता, पेट सम्बन्धी समस्या, मांसपेशीको दुखाइ आदि हुन्छ । यो भिटामिनको महत्व स्वास्थ बच्चा जन्मन सहयोग गर्नु पनि रहेकाले गर्भवती महिलालाई ख्वाउने गरिन्छ । स्रोत हरियो सागपात, दाल, गेडागुडी, माछा, मासु, कलेजो आदि ।
भिटामिन बी १२ : भिटामिन बी१२ लाई साइनाकोबाल्मिन पनि भनिन्छ । यसले शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्न सहयोग गर्नुका साँथै मानसिक विकासमा पनि भूमिका खेल्छ । यसको कमी भयो भने रक्तअल्पता, शरीरका अङ्ग निदाउने, झमझम गर्ने, पखाला लाग्ने, मानसिक कमजोरी देखापर्ने जस्ता अरु धेरै समस्या देखा पर्छन् । स्रोत दुध, दही, सागपात, कलेजो, अण्डा आदि ।
भिटामिन सी : मानव शरीरलाई अत्यन्तै आवश्यक पर्ने भिटामिन सीले हाम्रो शरीरमा धेरै काम गरिरहेको हुन्छ । यसले कोषिकाको विकास, हड्डिको विकास, रक्तनसा र छालाको सुन्दरता वढाउन, मुटुको रोगबाट बचाउन, मोतीविन्दु हुनबाट रोक्न, कोलस्ट्रोल सामान्य राख्न, शरीरलाई चाडै थकानबाट बचाउछ । रोग प्रतिरोधात्मक क्षमता वढाउन सहयोग गर्छ । यसको कमी भएमा स्कर्भी, घाउ ढिलो निको हुने, रगत धेरै बग्ने, रक्तअल्पता, पटक पटक रुघामर्की लाग्ने, एलर्जी, गिजाबाट रगत बग्ने, हात खुट्टामा विमिरा, खटिरा आउने जस्ता सम्स्याबाट ग्रसित भइन्छ । स्रोत हरियो सागसब्जी, अमिला फलफुल, स्वाउ, आलु आदि ।
मिनरल : हाम्रो शरीरलाई चाहिने विभिन्न प्रकारका मिनरल जस्तै क्याल्सियम, क्लोराइड, म्याग्नेसियम, फस्फोरस, सल्फर, सोडियम, पोटासियम, क्रोमियम, कोवाल्ट, कपर, प्mुलुराइड, आयोडिन, फलाम, जिंक, सेलिनियम आदिले सुक्ष्म रुपमा काम गरिरहेका हुन्छन् ।
क्याल्सियम ः हड्डी र दातलाई मजबुत बनाउन मुख्य भूमिका खेल्ने क्याल्सियमको शोषण भने भिटामिन डीको सहयोगमा हुनेगर्छ । शरीरमा निक्कै मात्रामा रहने यो तत्वले रगतलाई जमाउन, रक्तचाप नियन्त्रण राख्न, मासपशीको गति नियन्त्रण गर्न, हड्डी बलियो बनाउन भूमिका खेल्छ । यसको कमीले हड्डी खिइने, रक्तस्राव धेरै हुने, मासंपेशी बाउडिने, मुटुको धडकनमा एकरुपता नहुने, चाडै गल्ने, थकान महसुस हुने जस्ता धेरै समस्या देखापर्छन् । स्रोत दुध, दुधबाट बनेका परिकार, हरियो सागसब्जी, च्याउ, ब्रोकाउली, केरा, स्याउ, मछामासु, अण्डा आदि मुख्य हुन् ।
क्लोराइड : क्लोराइड तत्वले शरीरमा पानी र पानीमा रहने तत्वको व्लेन्सलाई नियन्त्रण गर्छ । यसका साथमा पाचन प्रणालीमा अम्लिय(एसिड)पन पनि नियन्त्रण गर्छ । यसको स्रोत भनेको नुन, दुध, मासुजन्य खानेकुरा ,सागसब्जी हुन् ।
म्याग्नेसियम : शरीरलाई अति आवश्यक प्रोटिन तत्व बनाउन सहयोग गर्ने, मासंपेशीको गति नियन्त्रण गर्न, नसालाई चलायमान राख्न, रोग प्रतिरोधात्मक क्षमता वढाउन ठूलो भूमिका खेल्ने म्याग्नेसियम मिनरल समुहको तत्व हो । यसको स्रोत समुद्री माछा, या समुद्रमा पाइने घास, बदाम, गेडागुडी, हरियो सागसब्जी आदि हुन् ।
फस्फोरस : फस्फोरस पनि हाम्रो शरीरलाई अत्यन्तै आवश्यक पर्ने तत्व हो । यसले पनि क्याल्सियमले जस्तै हड्डी र दात मजबुजत बनाउन भूमिका खेल्छ । दाल, गेडागुडी, सागसब्जी आदिमा फस्फोरस प्रसस्त पाइन्छ ।
पोटासीयम : हाम्रो शरीरलाई अत्यन्तै आवश्यक पर्ने पोटासियमले शरीरमा इलेक्ट्रिकल सक्रियता जस्तै मुटुको गति नियन्त्रण गर्न, दिमाखलाई सक्रिय राख्न, शरीर फुर्ति राख्न सहयोग गर्छ भने प्रोटिन, कार्बोहाइड्रटलाई शक्तिमा बदल्न अनि हरेक कोष र तन्तुमा आहार अथवा ग्लुकोज पुर्याउन सहयोग गर्छ । यसको मुख्य स्रोतमा माछा, मासु, टमाटर, आलु, कागती बोडी आदि हुन् ।
सोडियम : हाम्रो शरीरमा पानीको मात्रालाई नियन्त्रणमा राख्न मुख्य भूमिका खेल्ने सोडियमले नर्भ ट्रान्समिसनमा भूमिका खेल्ने गर्छ । यसका साँथै मांसपेशी खुम्चिने र फैलिने अनि रक्तचापलाई नियन्त्रणमा राख्न पनि प्रमुख भूमिका खेल्छ । अथवा सोडियम नै रक्तचाप नियनत्रण गर्ने मुख्य स्रोत हो । त्यसैले शरीरमा सोडियम पोटासियम र रक्तचाप कमी भएमा तत्कालका लागि नुन कडा खान र वढी भएमा नुन कम खान सल्लाह दिइन्छ । यसको मुख्य स्रोत नुन, दुध, सागसब्जी आदि । तर नुनको मात्रा धेरै र लामो समय सेवन गर्नु हुदैन् ।
सल्फर : सल्फरको मुख्य काम भनेको कोषमा प्रोटिनको निमार्ण र प्रयोग हो । यसरीनै हर्मोन र एण्टीवडी अनि पाँचन रस निर्माणमा पनि यसको भूमिका रहन्छ । सल्फरको मुख्य स्रोत भनेको गेडागुडी, सागपात, माछामासु, अण्डा आदि हुन् ।
यसरी नै अन्य मिनरल्समा क्रोमियम, कोवाल्ट, कपर, प्mलुराइड, आयोडिन, फलाम, जिंक ,सेलिनियम आदि रहेका छन् । हाम्रो शरीरलाई चाहिने असंख्य यस्ता तत्वहरुले शरीरलाई स्वास्थ र मजबुत बनाउन सहयोग गर्छन । यिनीहरुको कमी भएमा माथि भनिएका रोग लाग्छन् भने आवश्यक भन्दा धेरै भएमा नकारात्मक असर पनि देखाउछन् । त्यसैले हरेक खानेकुरा खादा मिलाएर या ठिक्क मात्रामा, उमेर र आवश्यकता अनुसार सेवन गर्नु उचित हुन्छ । आजकल देखिएका रोग जस्तै थाइराइड, मधुमेह, उच्च रक्तचाप, हड्डी खिइने, भिटामिन डी, बी१२ आदिको कमी जस्ता रोगहरु आवश्यक खाना र व्यायामको कमी अनि घाममा नजानुको कारण दिनानु दिन वढिरहेका छन् । त्यसैले आप्mनो स्वास्थ हाम्रै हातमा छ । यसका साँथै कोला, सुन्तला, स्याउँ, च्याउ, अमला, कागती, मह, बदाम, घिउ, दही जस्ता फलफुल तथा अन्य खानेकुराले दम, एलर्जी शाारीरिक कमजोरी, ग्यास्ट्रिक कब्जियत, नपुंसकता जस्ता समस्या कम गर्ने हुँदा नियमित सेवन गर्नु स्वास्थ रहने अचुक उपाय हुन् । अझ यो कोरोना संक्रमणलाई कमजोर बनाउन र लागीहाले पनि चाडो निको हुन विभिन्न प्रकारका भिटामिनको आवश्यक मात्राको सेवन गर्नु अत्यन्तै जरुरी देखिन्छ । (लेखक, रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक पनि हुन् । )