लगनशील कृषि सहकारीको भवन उद्घाटन

दमक,६ माघ । झापा, कमल गाउँपालिका -५ पाडाजुंगीमा रहेको लगनशील कृषि सहकारी संस्थाले आफनो सुविधासम्पन्न भवन उद्घाटन गरेको छ । संस्थाको १६ औ स्थापना दिवसका अवसर पारेर शुक्रवार नवनिर्मीत भवनको विधिवत उद्घाटन गरेको हो । भवनको संस्थाका संस्थापक अध्यक्ष अम्बर बहादुर कार्कीले उद्घाटन गरे ।
भवन बनाउन त्तत्कालीन सञ्चालक समितिका अध्यक्ष नरेन्द्र बहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समिति र भोजकुमार घिमीरेको संयोजकत्वमा पाँच सदस्यीय एक अनुगमन समिति गठन गरिएको थियो ।
तीन वर्ष अघि निर्माण भएको तीन तले भवन कुल ८३ लाख ४० हजार ६ सय ४१ लगानी रहेको छ । तीन तले भवनमा आफनै डेरी उद्योग,वीउविजन कक्ष तथा माथिल्लो तलामा कार्यालय कक्ष, सभाहल निर्माण भएको व्यवस्थापक तिलक कार्कीले बताए । कमल गाउँपालिका भरि कार्यक्षेत्र रहेको सहकारीले केर्खा क्षेत्रका शेयर सदस्यहरुको सुविधाका लागि त्यहाँ पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
२०५६ सालमा ११ जना सम्मलित लगनशील कृषक समूह २०६४ सालदेखि भने सहकारीका रुपमा विकास भएको संस्थापक अध्यक्ष कार्की बताउँछन् । स्थापना ताका सहकारीमा ९० हजार शेयर पूंजी रहेको थियो ।
संस्थाका अध्यक्ष गोविन्द खनालको अध्यक्षतामा भएकोे स्थापना दिवस कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व उपाध्यक्ष बलराम गजुरेल,संस्थाका पूर्व अध्यक्षहरु डम्बरबहादुर निरौला, नरेन्द्र कार्की,लेखा संयोजक युवराज कार्की ,संस्थाका सल्लाहकार संयोजक भोजकुमार घिमीरे लगायत सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, पूर्व सञ्चालक समिति, कर्मचारी,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको प्राङगणमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव भिष्मप्रसाद सिटौलाले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.