एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

झापा,४ माघ । पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएका छन् ।

कोशी अस्पतालका ८ डाक्टरसहित ४६ जना स्वास्थ्यकर्मीलाई कोरोना

मोरङ ,४ माघ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत ८ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार मंगलबार दिउँसोसम्म आएको पीसीआर रिपोर्टअनुसार ४६ जनामा संक्रमण भएको हो। उनका अनुसार संक्रमितमध्ये ८ जना चिकित्सक, १७ जना नर्सिङ कर्मचारी र अन्य कार्यालय सहयोगी र स्वास्थ्यकर्मी रहेका छन्।

चिकित्सकसहित स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको उनले बताए। दासका अनुसार कोसी अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनिवार्य कोरोना परीक्षण गराउँदै आएको छ। पछिल्लो केही दिनयता परीक्षणसँगै संक्रमित हुने संख्यामा बृद्धि भएको उनले बताए।

यससँगै अझै संक्रमित थपिन सक्ने देखिएपछि अस्पतालका विभिन्न वार्डहरू कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। अस्पतालमा विभिन्न फाँटमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी ६ सय बढी कार्यरत छन्।

Leave a Reply

Your email address will not be published.