छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की

गौरादह ,४ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताएका छन् । उनले मन्त्रिपरिषदमा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे ।
गौरादहमा बुधबार प्रेस चौतारी सम्बद्ध पत्रकारहरुसँग कुराकानी गर्दै उनले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताए । उनले मन्त्रालयको सङ्ख्या नौ पु¥याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने स्पष्ट पारे ।
सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने स्पष्ट पादैं मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए ।
सोहि अवसरमा प्रेस चौतारी माइपश्चिम क्षेत्रीय कमिटीले मुख्यमन्त्री कार्कीलाई सम्मान समेत गरेको अध्यक्ष भूमीराज पराजुलीले बताए । सम्मान पत्र हस्तान्तरणमा संगठनका केन्द्रीय सदस्य टिकाराम उप्रेती, प्रदेश महासचिव गोपाल झापाली, जिल्ला अध्यक्ष मनकुमार गदाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.