कमल,३ माघ । झापाको कमल गाउँपालिका ७ रङपुरमा बस्दैआएका वीर्खबहादुर र विष्णुमाया तामाङले मिगौला रोगी छोरीको जीवन बचाई दिन सहयोगको याचना गरेका छन् ।छोरीलाई ऋण गरेर फार्मेसी पढाइरहेकी २१ वर्षीया छोरी माया तामाङको दुबै मिर्गौला काम नलाग्ने भएपछि तामाङ दम्पत्तीले छोरीको जीवन बचाईदिन सबैसंग सहयोगको याचना गरेका हुन् ।
कमजोर आर्थिक अवस्थाका उनीहरुले छोरीको उपचारका लागि सहयोगको अपिल गरेका हुन् ।
सातामा दुई पटक डायोलोसिस गरिआएकी उनका एक जना दाजु पनि क्यान्सर पीडित छन् । दुई जना भने आफनो गुजारा चलाउनका लागि भारततिर भासिएका छन् ।सम्पत्तिको नाममा टाउको लुकाउने सानो घर बाहेक केही छैन्,उनीहरूको ।
कमाउने कोही नभएको घरमा एकपछि अर्को सन्तानलाई रोगले छोप्दा समस्या हुने नै भयो ।अझ अत्यन्तै कमजोर आर्थिक अवस्था भएकोले तामाङ दम्पती यतिबेला छोरीको उपचारका लागि गुहार मागिरहेको छ ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई तामाङ परिवारको जीविकोपार्जनका लागि एक मात्रै आशा र भरोसा योग्य बनाउन खोजीएका छोरीको दुवै मिर्गौला खराब भएपछि नसोचेको समस्यामा परेको बताउँछन् । उनले सक्षम जनशक्तिको रुपमा उभिने बेलामा छोरीको यो स्वास्थ्य अवस्थाले धेरै चिन्तित बनाएको बताए । मिर्गौला डायलोसिससँगै दैनिक जीवन गुजारामा सहयोग गर्न आवश्यक सहयोगका लागि परिवारले अपिल गरेको छ ।