
झापा,२ माघ । नेकपा एमाले झापाको जिल्ला सदस्यहरुको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ३० पदका लागि भएको मतदानको मतपरिणाम शनिवार राति सार्वजनिक गरिएको होे ।
निर्वाचन समितिका अनुसार १९ जना खुला सदस्यमा देवेन्द्रप्रसाद चौलागाई (३४५) , रिङ्गकुमार आचार्य (३२२) , डम्बरबहादुर गिरी (३१८) , प्रविण पोखरेल ३१५ , गणेशबहादुर बस्नेत (३११ ) , धु्रवकुमार शिवाकोटी (३०७) , केशव खड्का (३०५) , धनबहादुर थेबे (३०१) , दिपेन्द्र लम्साल (२९३) , नारायणप्रसाद गौतम (२८८ ), नेत्र दाहाल (२७९) , छविलाल चुडाल (२७४) , कृष्णप्रसाद बिमली (२६७) , नगेन्द्रप्रसाद संग्रौला (२६५) , लोकनाथ गौतम (२४७ ), गोपाल काफ्ले (२३७) , बलराम खरेल (२३१) ,कृष्ण खनाल (२३० )र डम्बरबहादुर बस्नेत (२२१) मत ल्याई विजयी भएका छन् । १९ जनाका लागि ५३ जनाको उम्मेद्वारी परेको थियो ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर १ –क ) को खुल्ला सदस्य पदमा भुपाल शिवाकोटी (३४४ )मत ल्याई विजयी भए । एक जनाका लागि ३ जना उम्मेद्वार बनेका थिए । त्यस्तै मेचीनगरको खुल्ला सदस्य पदमा चन्द्रप्रसाद प्रसाई (३१२ ) र देवकुमार राई (३०३) मत ल्याई निर्वाचित भएका छन् । २ पदका लागि ८ जनाले उम्मेद्वारी दिएका थिए ।
त्यस्तै आदिवासी जनजाति खुल्ला सदस्यमा सुरेन राजवंशी (२४८) , सत्यनारायण राजवंशी (२३३ ), दयालाल राजवंशी (२१६) , चन्द्र सुब्बा (२०१) , शेरबहादुर तामाङ (१९५) र छत्रबहादुर श्रेष्ठले १९४ मत ल्याई निर्वाचित भएका छन् । ६ जनाका आदिवासी जनजाति खुल्ला सदस्यमा २६ जनाको उम्मेद्वारी परेको थियो । यस्तै, युवा, विद्यार्थी र खेलकुदमा समर्पण खतिवडा ३२२ र उमानाथ खतिवडा २८६ मत ल्याई विजयी भएका छन् । २ जनाका लागि ६ जनाले उम्मेद्वारी दिएका थिए । एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटीमा यसअघि नै १२० जना सर्वसम्मत भईसकेका थिए ।