दमकमा पाँचथर –दमक सेवा समिति गठन

दमक,२ माघ । पाँचथर घर भई हाल दमकमा बस्दैआएका पाँचथरेहरु संगठित भएका छन् । दमकको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानमा हालै एक भेलाको आयोजना गरि उनीहरुले पाँचथर–दमक सेवा समिति गठन गरेका हुन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न क्षेत्रहरुबाट दमक आई बसोबास गरिआएकाहरुले आफनो थातथलोमा सहयोग पुरयाँउन तथा पाँचथरेहरुवीच आपसी समन्वयमा जोड दिने उद्देश्यले उक्त संस्था स्थापना गरेका हुन् ।
भेलाले मित्रप्रसाद थापाको अध्यक्षतामा ११ सदस्यीय पाँचथर–दमक सेवा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा हेमचरण भट्टराई, सचिवमा निलकण्ठ सापकोटा, सहसचिव बिरोध सुवेदी र कोषाध्यक्षमा दयादेवी रिजाल लुइँटेल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मदन बोहोरा, कमल पोख्रेल, भोला पोख्रेल, ऋषि ढकाल, श्रीप्रसाद पोर्तेल र खेमनाथ अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.