मधुमल्लामा पञ्चमी पर्यटकीय क्षेत्र उद्घाटन

धुमल्ला,२ माघ । माघे संक्रान्तिका अवसर पारेर उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ मा पञ्चमीमा सिमसार तथा पर्यटकीय क्षेत्र सञ्चालनमा आएको छ ।
उक्त पर्यटकीय क्षेत्रको शनिवार एक कार्यक्रमका बीच वडाध्यक्ष बुद्धिमान इम्सोङ्गले उद्घाटन गरे । पर्यटकीयस्थलको उद्घाटन गर्दे उनले स्थानीय तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्यले सो स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य राखिएको बताए ।
पञ्चमी पर्यटकीयस्थल उद्घाटनका अवसरमा स्थानीय राई समुदायको चण्डी नाँच सहित पञ्चमी मेला तथा पर्यटकीय क्षेत्रको उद्घाटन पंञ्चमी सिमसार पर्यटकीय समितिका संयोजक लेनिन राईले बताए ।
कार्यक्रममा केही खेल तमासा लगायत जातीय परिकारको स्टल सहित मेला सम्पन्न गरिएको थियो । यसअघि बैशाखे पूर्णिमामा मात्र मेला लाग्ने गरेको त्यस स्थानमा अब भने हरेक माघ १ गते पनि मेला लगाउन शुरु गरिएको संयोजक राईले बताए ।

Leave a Reply

Your email address will not be published.