झापाको राजगढमा ‘सेलरोटी महोत्सव’

झापा ,१ माघ मंकर संंक्रान्तिको अवसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा सेलरोटी महोत्सव सञ्चालन गरिएको छ । जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथीभरा चेतनशील महिला समूहको सह आयोजनामा राजगढ बजारमा शनिवार ‘सेलरोटी महोत्सव’को आयोजना गरियो ।
बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै सामाजिक संघ संस्थाको सहभागितामा आयोजित सेलरोटी महोत्सवमा सहभागी सबैलाई सेलरोटी खान दिएकाएको थियो ।
संस्कार संस्कृतिको संरक्षण र सम्वद्धन गर्ने उद्देश्यले पूर्वमै पहिलो पटक सेलरोटी महोत्सवको आयोजना गरिएको जनचेतना मूल कृषक समूह बाह्रदशीका अध्यक्ष पुण्य ढुङ्गेलले बताए ।
गाउँपालिका भित्र सञ्चालनमा रहेका विभिन्न कृषक समूहमा आवद्ध सदस्यहरु सेलरोटी महोत्सवमा स्वतस्फूर्त रुपमा सहभागी भएका थिए । राजगढ बजार परिसरमा आयोजित महोत्सवमा झण्डै तीन हजार भन्दा धेरै मानिस सहभागी हुँदै माघे संंक्रान्ति र सेलरोटी महोत्सवको विषयमा जानकारी लिएका थिए । वजार परिसरमा विहानैबाट सेलरोटी पकाउन शुरु गरेका महिलाहरुले दिनभरजसो सेलरोटी पकाउँदै आएका सबै जनालाई सेलरोटी खान दिएका थिए ।
सेलरोटी महोत्सवको आयोजनाले आफ्ना भावी पिढीले समेत यसको महत्व वुझ्ने र अन्य समुदायलाई समेत सेलरोटीका विषयमा थाहा हुने भएकाले महोत्सव आयोजना गरिएको पाथीभरा चतनशील महिला समूहकी अध्यक्ष शान्ता खरेलले बताईन् ।
हिन्दूधर्मावलम्बीहरुले तिहार या त पितृ वा देवोकार्यमा मात्रै पकाउँदै आएको सेलरोटी राजगढ बजार परिसरमा महोत्सवकै रुप दिँदै भावी पिँढीलाई समेत सेलरोटीका विषयमा जानकारी दिनुले सन्तान दरसन्तानमा समेत संस्कार र संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास शिक्षा सेवीहरुको गंगाप्रसाद अधिकारीको भनाई छ ।

Leave a Reply

Your email address will not be published.