गौरादह ,२९ पुस । स्कूल बसको ठक्करबाट झापाको गौराहदमा एक जना बृद्धाको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा गौरादह नगरपालिका वडा न. ३ की ७२ बर्षिया तुलसा दाहाल रहेकी छन् ।
हिजो विहिबार दिउँसो ३ वजेतिर गौरादह १ स्थित जनता माविस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे.१ख.२६७६ नम्बरको स्थानीय माउण्ट एभरेष्ट बोर्डिङ्ग स्कूलको बसले पैदलयात्री दाहाललाई ठक्कर दिई गंभीर घाईते भई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गएरातिनै मृत्युभएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा बस र बसका चालक सोही वडाका ३७ बर्षिय अमरलाल ताजपुरियालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।