कमल ,२८ पुस । लेखक तथा श्रष्टा समेत रहेका शिक्षक ओमप्रकाश गौतम सम्मानित भएका छन् । झापा कमल- ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आफनो ५१ओ बार्षिकोत्सव अवसरमा शिक्षक गौतमसहित पूर्व विद्यार्थी,कर्मचारी लगायत ११ जनालाई सम्मान गरेको हो।
विद्यालयमा बुधबार एक कार्यक्रम गरि उनीहरुलाई सामूहिक रुपमा सम्मान गरेको विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले जानकारी दिए । यसरी सम्मानित हुनेहरुमा शिक्षकहरु टेकनाथ रिजाल, ओमप्रकाश गौतम,अम्विकाकुमारी खडका,ओमप्रकाश संग्रौला,सुनिता राई,कर्मचारीहरु मनोज कुमार न्यौपाने र शर्मिला तामाङ रहेका छन्,। यसैगरी पूर्व बिद्यार्थी समेत रहेका प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अधिकृत निर्मल भट्टराई,तिर्थराज खरेल र मुनिया चौधरी रहेका छन् । यसैगरी बिद्यालयले उत्कृष्ट बिद्यार्थीको रुपमा भिमकुमारी बस्नेतलाई सम्मान गरेको छ ।
प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विकास ईकाइका प्रमुख राजकुमार बिक , कमल गाउँ पालिकाका अध्यक्ष हुकुम सिह राई र उपाध्यक्ष प्रमिला तिवारीको आतिथ्यता रहेको थियो । कायर्क्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थबहादुर थापा अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न आकर्षक नृत्यसहित साँस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै बिद्यालयमा लखनपुर खानेपानीद्धारा निर्मित खानेपानीको हस्तान्तरण गरिएको थियो ।
सम्मानित शिक्षक गौतम