लोकगायक जोशीलाई पुत्र शोक

दमक,२८पुस । दमक -१ फाल्गुनन्द चौंक निवासी वरिष्ठ लोकगायक एलपी जोशीलाई पुत्रशोक परेको छ । उहाँका ४७ बर्षिय कान्छा सुपुत्र पुजन जोशीको आज विहान काठमाण्डौंस्थित बाँसबारी न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
नेपाली कांग्रेस दमकका नगर सदस्य समेत रहेका स्व. जोशी एक साता अघि मस्तिष्कघात भई उपचारत थिए । स्व. जोशीका श्रीमती राधिका र एक छोरी रहेका छन् ।
स्व. जोशीको पार्थिक शरीर आज बेलुका दमक ल्याई दाहसस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । यसैवीच कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईले शोक विज्ञप्ति जारी गरेर स्व.जोशीको असमायिक निधन प्रति श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.