रेडक्रस उपशाखाका निर्वाचित समितिलाई प्रमाणपत्र वितरण

गौरादह,२७ पुस । नेपाल रेडक्रस सोसाईटी झापा शाखाले जिल्लाको माइपश्चिम क्षेत्रका छ वटा उपशाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेको छ ।
आज गौरादह रेडक्रस उपशाखाको सभाहलमा एक कार्यक्रम गरि उपशाखाका पदाधिकारी तथा सदस्यहरुलाई सामूहिक रुपमा निर्वाचित प्रमाणपत्र प्रदान गर्नुका साथैं रेडक्रसका बारेमा अभिमुखीकरण दिईएको हो । निर्वाचित प्रमाणपत्र तथा अभिमुखीकरण रेडक्रस झापाका सभापति लोकराज ढकालले गरेका थिए ।
माइपश्चिम क्षेत्रमा देशकै जेठो उपशाखाका रुपमा रहेको दमकसहित कमल,गौरादह,गौरीगञ्ज, शिवगञ्ज र पाँचगाछी उपशाखा छन् । ती सवै उपशाखाको हालै मात्र नयाँ नेतृत्व चयन भएको थियो ।
रेडक्रस गौरादह उपशाखाका सभापति भिमविजय बाँस्तोलाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा रेडक्रस झापाका उपसभापति मित्रदेव काफ्ले लगायतले रेडक्रसका बारेमा आफनो विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published.